उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको समग्र विकास गर्ने सशक्त माध्यम राजनीति भएको बताउनुभएको छ । शनिबार विश्व निकेतन माध्यामिक विद्यालयको ७९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै  राजनीतिमा लाग्ने मान्छे समाजकै काम नलाग्ने मान्छे हो भन्ने किसिमले भाष्य सिर्जना गरिएको भन्दै त्यसलाई चिर्न सक्नुपर्ने बताए ।

उनले अरूको लहलहैमा लाग्नुभन्दा सही र गलत छुट्याएर चुन्नुपर्ने बताए । उनले सेवा गर्नको लागि सबैभन्दा राम्रो माध्यम पनि राजनीति भएको बताए। आफू सेवा दिनकै लागि राजनीतिमा आएको उल्लेख गरे । उनले विदेशमा ठुलाठुला काण्ड गरेर ठुलो नेता बन्छु भन्दै राजनीतिमा लाग्ने गरेको पनि बताए ।

‘राजनीति क्षेत्र देशको समग्र विकास गर्नसक्ने सशक्त माध्यम हो उनले भने , सेवाका लागि राम्रो माध्यम पनि राजनीति हो । सेवा दिनकै लागि म राजनीतिमा लागेको हो ।’ उपप्रधानमन्त्री सिंहले विद्यार्थीले मेहनतका साथ अध्ययन गर्नुपर्ने समेत बताए ।