कुनै पनि देशको भाषा, कला, संस्कृति, रितीरिवाज, भेषभूषा, चलन, चल्ति, रहनशहन व्यवहार विविध गतिविधिको अति नै महत्पूर्ण रहेको हुन्छ । हाम्रो देश प्राकृतिक संरचना र यँहाको कला, बहुभाषिक, बहुधार्मिक, बहुसाम्दायिक, बहुसांस्कृतिक र भौगोलिक, विविधताले भरिपूर्ण सजिएको संसारकै उत्कृष्ट देशमा पर्दछ । यही विविधताले भरिपूर्ण सानो सुन्दर देश हेर्न विभिन्न देशका पर्यटन आइ यँहा प्राकृतिक छन्दा र विविधताले भरिपूर्ण जातजाति भेषभूषा चलन चल्ती संस्कृति सम्पदाको अवलोकन गर्न यँहा पर्यटकहरु आइरहेको सबैमा सर्वविदितै छ । जवकि हामी यस बारेमा सोचौं जुनसुकै ठाँउमा पर्यटक मानिसलाई हेर्न आउने होइन, पर्यटक त यँहाको कला संस्कृति, सम्पदा, प्राकृतिक सम्पदा, भाषा संस्कृति, भेषभुषा हेर्न र अवलोकन गर्न आउने हो ।
भाषा संस्कृति, भेषभुषा सकिएको दिन हामी सबै सकिन्छौं त्यसैले जति यो देशको प्राकृतिक छटा र भाषा धर्म कला संस्कृतिको संसारमा प्रचार प्रसार हुनु पर्ने हो भैरहेको छैन किनकी राष्ट्र हाक्ने नीति निर्माण गर्ने टाउकेहरु देशको यो महत्वपूर्ण सम्पदा संस्कृतिलाई बुझेका पनि नि छैनन् र बुझ्ने प्रयासमा पनि छैनन् । जवकी कम्बोडिया जस्तो देशले वार्षिक २५ लाख पर्यटक भित्रयाउछन भने हाम्रो जस्तो विश्वका प्राकृतिक हिमाल पहाड तराई संसारमै उत्कृष्ठ वातावरण, मौशम भएको, संस्कृति ,सम्पदाले धनी देशमा वार्षिक १५ लाख पर्यटक भित्रयाउन पनि धौ धौ परिरहेको अवस्था छ । किनकी यो देशका नेता, कर्मचारी र व्यापारी, व्यवसायीको त्रिकोणात्मक मिलिभगतले भ्रष्टाचार हुन्छ यो देशमा त्यस्तै राजनीतिक खिचातानी र भ्रष्टाचारमा मात्र लिप्त भएर देशलाई, भावी पुस्तालाई धोका दिइरहेको छ राष्ट्रघात गरिरहेको छ, नेपाली जनतालाई अन्धकारमय तिर लगिरहेको छ । नेपाली जनताको भविष्यलाई अन्र्तघात र उल्टो बाटो र उल्टो गतिमा हिडी रहेको महशुस गरिरहेको छु मैले । जति यो देशको बारेमा संसारमा प्रचार प्रसार हुनु पर्ने हो त्यती भइरहेको छैन ।
हाम्रै छिमेकी देश भारत र चीनको पर्यटकलाई मात्र आकर्षित गर्न सके पनि पर्यटक आगमनमा वृद्धि हुने थियो । जुन नेपालको बारेमा ५ प्रतिशतको हाराहारीमा पनि हाम्रो देशको बारेमा प्रचार प्रसार र विश्व सामु जानाकारी छैन । नेपाल विश्वमा नै संस्कृतिमा धनी देश हो । हाम्रो संस्कृति हाम्रो पहिचान, हामी हाम्रो नेपाली संस्कृतिलाई धेरै मान सम्मान गर्दछौ ।
हाम्रो देशको मौलिक परम्पराहरु यही गतिमा मासिदै बिर्संदै लत्याउदै गएमा हामी भन्दा पछाडीका पुस्ताले ऐ यस्तो पनि थियो र यस्तो पनि हुन्थ्यो र भनेर अचम्मित र दूरदराजको भावको भावना पोख्ने छ भावी पूस्ताहरुले, यस्तो परिस्थिती देशको राजनैतिक अस्थिरता, खिचातानी, अदुरदर्शी नेता भनाउदा, देशको स्थायी सरकारको रुपमा रहेका उच्चस्तरका नीति निर्माणमा रहेको कर्मचारी, व्यापारी, व्यवसायी, समाजसेवीहरुको अदुरदर्शी भावनाको कारण नै देशले यो परिस्थित भोग्न परिरहेको छर्लङ्गै छ ।
महाभारतमा कौरव र पाण्डवबिचको द्धन्द्ध केवल पारिवारिक झगडा मात्र थिएन । यो सत्ता, वैधता र पहिचानका लागि भएको गहिरो संघर्ष थियो । आज नेपालका अधिकांश राजनीतिक दलहरु पनि यस्तै शक्ति संघर्षमा फसेका छन् । जँहा व्यक्तिगत र दलगत स्वार्थलाइृ राष्ट्रिय हितभन्दा माथि राखिन्छ । जसरी कुरु बंशको हस्तिनापुर दरबारमा धृतराष्ट्र र शकुनि जस्ता पात्रहरुले कौरव र पाण्डवबिचको संघर्षलाई समाधान गर्न असफल भए, आज नेपालको संसद पनि त्यही दिशामा उभिएको छ । संसद जनता र देशको हितमा काम गर्ने मञ्च हुनु पर्नेमा यो व्यक्तिगत स्वार्थ र सत्ता संघर्षको रणभूमि बनेको छ । त्यस्तै धृतराष्ट्र जसरी आफ्नो पुत्र मोहमा अन्धो भएर न्यायको रक्षा गर्न असफल भए, त्यस्तै गरी नेपालका नेताहरु पनि आफ्नो व्यक्तिगत स्वार्थमा फसेर राष्ट्रको देशको कर्तव्य विर्सिरहेका छन ।
हाम्रो देशको नेतृत्वमा रहि सकेका र रहेकाहरु टप लेवलमा रहेका ब्यूरो क्यासिहरु पशुभन्दा पनि गएगुज्रिएका पतित मान्छे भनाउदा पशुहरु हो भन्छु म त किनकि एउटा पशुले पनि आफ्नो बालबचेरा सन्तानहरुलाई आफ्नो नियन्त्रण वा परिधि भित्र भन्दा बाहिर जान दिदैन र बाहिर गयो भने कुदेर छेकेर लखेटेर फर्काएर नियन्त्रणमा राख्छन् । दैनिक कैयौ युवाहरु देश बाहिर गई राखेका छन दुःख पाइरहेका छन् मृत्युवरण गरिहेका छन् केही लेखाजोखा केही पीर छैन यस्ता पनि लिडर हुन्छ त ? यो किन भैरहेको छ यसको मुख्य लक्ष्य भनेकै पैसा कमाउने र पैसाको पछाडी लाग्ने मनोवृति र पैसावालहरुको बाहुल्यता र पैसावालहरुलाई मात्र इज्जतको भावना पोख्ने नेपाली समाज कतातिर गइरहेको छ कता तिर जाने हो भविष्यले बताउला ।
गुरुङहरुको नँया वर्षको ल्होसारको बारेमा गडुल वर्कलाई बिदाई गरी नाग (सर्प) वर्कको आगमनलाई हामीले स्वागत गरीसकेको छौं । नँया वर्षको ल्होसार पनि अरु कसैको व्यापार गर्दिने थलोको रुपमा देखिदैछ । टुँडिखेलमा ल्होसार मात्रै प्रवेश गरेन, बहुराष्ट्रिय कम्पनीको पेय पद्धार्थको ब्यानरमुनि मनाइने ल्होसारले पहिचान गुमायो कि बचायो त ? ल्होसार मनाउने स्थल टुँडिखेल बहुराष्ट्रिय कम्पनिको प्रदर्शनस्थलका रुपमा विकास भइरहेको कुरामा राज्य रमिते बनिरहेको छ । यस्ता विभिन्न जातजाति धर्मावलम्बीहरुको संस्कार, संस्कृति, चाडपर्वमा नेपालमा उत्पादन मदिरा, पेय पद्धार्थ र खाद्यान्न परिकार खानेकुराहरु र गुरुङ जातिको रैथाने खाना, मौलिक परिकारहरु मात्र प्रयोग गर्दा ल्होसारको पहिचानलाई उच्च बनाउने थियो भने नेपालको मौलिकता पनि संरक्षण हुन्थ्यो र नेपाली उत्पादनको पनि खपत हुने र केही प्रतिशत भएपनि देशको आर्थिक गतिवधिमा टेवा पुग्ने थियो ।
0 comment