काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारले ल्याएका अध्यादेशको प्रक्रिया नै गलत भएको जनाउँदै अस्वीकार प्रस्ताव दर्ता गर्ने भएको छ । 

सिंहदरबारमा बिहीबार बसेको संसदीय दलको बैठकले अध्यादेशको विरोध गर्दै प्रतिनिधिसभा नियमावलीको व्यवस्थाअनुसार अस्वीकार गर्ने प्रस्ताव दर्ता गराउने निर्णय गरेको  प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

भोलिबाट सुरु हुने संसद्को हिउँदे अधिवेशनमा  आफ्नो दलको तर्फबाट सशक्त रुपमा जनताका आवाज उठाउने पाण्डेले बताए । साथै विपक्षी दलहरूलाई पनि लिएर संसदमा सामूहिक रुपमा आवाज बुलन्द गर्ने जनाइएको छ ।