काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका मुख्य जनसंगठनहरू युवा संघ नेपाल र अनेरास्ववियूको केन्द्रीय अध्यक्षलाई पदमुक्त गरेका छन् । युवा संघका अध्यक्ष कृष्णकुमार विश्वकर्मा र अनेरास्ववियूका अध्यक्ष आरती लामा पदमुक्त भएका हुन्।

अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशिका–४ जारी अनेरास्ववियू र युवा संघमा रहेका पार्टी केन्द्रीय कमिटीका सबैलाई अनेरास्ववियू र युवा संघको जिम्मेवारीबाट बिदा गरी भूगोलको जिम्मेवारी तोकेको जनाएका छन् ।

सबैलाई तोकिएको जिम्मेवारी सम्हाल्न र दुबै संगठनका सम्मेलनलगायत कामको योजना बनाई अगाडि बढाउन पनि निर्देशन दिइएको छ ।

दुवै संगठनका अध्यक्षहरू पार्टी केन्द्रीय सदस्य भइसकेकाले नयाँ जिम्मेवारी दिनुपरेको उपाध्यक्ष डा. गंगालाल तुलाधार बताउँछन् ।तर, अपानिबाटै पदमुक्त गर्ने निर्णयप्रति विश्वकर्मा र लामा दुवैले असन्तुष्टि जनाएका छन्