काठमाडौं - नेकपा माओवादी केन्द्रसहित विभिन्न चार दल सम्मिलित समाजवादी मोर्चाले आज वृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

‘वर्तमान राष्ट्रिय राजनैतिक परिस्थिति र समाजवादी मोर्चा नेपालको कार्यभार’ शीर्षकमा अन्तरक्रिया गर्न लागेको हो ।

कार्यक्रम काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा मध्याह्‍न १२ बजेबाट सुरु हुने मोर्चाले जनाएको छ ।

समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी रहेका छन् ।

२०८० साल असार ४ गते समाजवादी मोर्चा गठन भएको थियो ।