काठमाडौं - उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार देशको विकासका निम्ति गठन भएको बताएका छन् । देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको उनको भनाइ छ ।
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्री पौडेलले वर्तमान सरकार गठन भएयता आर्थिक सुधारका काम भएका तथा ती सुधार आर्थिक परिसूचकबाट पनि पुष्टि भएको बताए । साथै उनले पुँजीगत खर्चमा सुधार भइरहेको बताए ।उनले निर्माण व्यवसायीको भुक्तानी नरोकिने प्रष्ट पारे ।


0 comment