काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल नेपाली कांग्रेससँग सहकार्य नहुने बताएका छन् ।
सुर्खेत विमानस्थलमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै दाहालले तत्काल कांग्रेससँग सत्ता साझेदारी नगर्ने बताएका हुन् ।
सत्ता साझेदारीका विषयमा कांग्रेसका कोहीसँग पनि कुरा नभएको दाहालले बताए ।यो गठबन्धन भने धेरै समय नटिक्ने उनको तर्क छ ।
सरकारले अध्यादेशबाट देश सञ्चालन गर्न खोजेको आरोप लगाउँदै अध्यक्ष दाहालले संसदलाई छल्दै संवैधानिक र लोकतान्त्रिक व्यवस्थालाई मिचेर अध्यादेश ल्याइनु गलत रहेको बताए।
सरकारमा जाने कुनै अभिरुचि नभएको उल्लेख गर्दै प्रचण्डले सरकार सहज ढंगले नचलेको बताए ।


0 comment