काठमाडौ - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको अन्तर्राष्ट्रिय सहायता नीति एउटै बनाउनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागले बुधवार आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा महामन्त्री थापाले अन्तर्राष्ट्रिय सहायता नीति बारेमा संसदमै गहन छलफल गर्न जरुरुी रहेको बताए ।
नेपालमा जुनसुकै राजनीतिक दलले सरकारको नेतृत्व गरेपनि नेपालको वैदेशिक नीति एउटै हुन्छ भन्ने मानक स्थापित गर्न जरुरी रहेको उनको भनाइ थियो। सरकार बदलिने भएपनि वैदेशिक सहायता नीति नबदिलिने बनाउनुपर्ने भन्दै राष्ट्रिय स्वार्थका सन्दर्भमा नेपालका राजनीतिक दलहरुको एउटै धारणा बनाउनुपर्नेमा जोडदिए ।
महामन्त्री थापाले सरकारमा बस्नेहरु पनि बिस्तारै वैदेशिक सहायता नलिए कसैले गाली नगर्ने र वैदेशिक सहायता परिचालनको सन्दर्भमा छलफल गरे अनेकन आरोप/प्रत्यारोप खेप्नुपर्ने डरले वैदेशिक सहायता नै नलिने गरी अघि बढ्नसक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्ने बताए ।


0 comment