काठमाडौं - सरकारले यही माघ १८ गते हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ। सिंहदरबारमा आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले उक्त मितिमा संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् अधिवेशन बोलाउनेबारे साोमबारै सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए। संसद् अधिवेशन तत्काल नबोलाए विशेष अधिवेशन माग गर्ने भन्दै विपक्षी दलले सरकारमाथि दवाब बढाएको एक साता नपुग्दै सरकारले मिति तय गरेको हो ।
प्रधानमन्त्री ओलीले गत शुक्रबार दुई साताभित्रै संसद खुल्ने बताएका थिए । गत भदौ ३१ गते संसद्को वर्षे अधिवेशन अन्त्य भएको थियो। एक अधिवेशनबाट अर्के अधिवेशनको ग्याप चार महिना भन्दा बढी हुन नहुने व्यवस्था छ ।


0 comment