काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले कांग्रेसलाई बलियो बनाउन सबैले व्यक्तिवादी मानसिकता त्याग्नु पर्ने बताएका छन् । भारतको राजधानी नयाँ दिल्लीमा आज(आइतबार) नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रमलाई प्रवक्ता महतले यस्तो बताएका हुन् ।
उनले पार्टीमा व्यक्तिवादी सोच र आफु केन्द्रीत प्रवृत्ति हावि हुन खोजेको भन्दै यस्ता किसिमका प्रवृत्तिलाई निस्तेज पार्न कांग्रेसका नेता कार्यकर्ता सबै लाग्नु पर्ने जिकिर गरे ।
महतले नेपाल भारत सम्बन्धको चर्चा गर्दै 'भारत नेपालको सबैभन्दा नजिकको छिमेकी भएकाले कहिलेकाहीँ दुई देशका बीचमा समस्याहरु आउनु स्वभाविक भएको र ती समस्याहरुको समाधान कूटनीतिक रुपमा वार्ताको टेबुलमा बसेर हल गर्नुपर्नेमा जोडदिए।
माओवादीको अस्थिर चरित्रका कारण एमाले-कांग्रेस गठबन्धन बनेको उनको भनाइ थियो । सात बुँदे समझदारी अनुसार यो सरकार अगाडि बढ्नु पर्ने कुरामा दिँदै समझदारी अनुसार नै अन्तिममा पार्टी सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्ने बताए ।


0 comment