काठमाडौं - नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले २०८४ साल भित्रै संविधान संशोधन हुने बताउनु भएको छ ।

नेपाली काङ्ग्रेसको सय दिने बिशेष अभियानको वालिङमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्रीसमेत रहनु भएका सांसद गुरुङले नेपाली काङ्ग्रेस र एमाले बीच भएको सातबुँदे सहमति तलमाथि नहुने भन्दै सबैको सहमतिमा २०८४ साल भित्र संविधान संशोधन हुने बताउनु भएको हो । 

उहाँले भन्नुभयो "संविधान संशोधन काङ्ग्रेस र  एमालेको लागि मात्रै चाहिएको होइन सबैलाई चाहिएको छ । त्यसैले संविधान संशोधनमा सबैलाई समेटिन्छ ।"

कानुनको अभावमा देशको अर्थतन्त्र धराशायी बनेको भन्दै देशको अर्थतन्त्र सुदृढ गर्न पनि अहिलेको सरकारले निरन्तरता पाउने बताउनुभयो । 

काङ्ग्रेस र एमालेलेको यो जिम्मेवारी अरुले लिन नसक्ने भन्दै काङ्ग्रेस र एमाले बाट जिम्मेवारी गयो भने देश दुर्घटनामा फस्नेतर्फ संकेत गर्दै पुर्व मन्त्री गुरुङले कुनैपनि हालतमा सरकार नढल्ने बताउनुभयो । 

उहाँले दिनहुँ मिडियाले सरकार ढल्नै लाग्यो भन्ने जस्ता समाचार सम्प्रेषण गरेपछि प्रधानमन्त्रीले त्यसको जवाफ मात्रै दिएको भन्दै सरकार ढल्ने जस्ता समाचारमा केन्द्रित नहुन आम नागरिकलाई आग्रह समेत गर्नुभएको छ ।

कानुन अभावमा देशमा गाँजाखेती,घरेलु मदिरा ब्राण्डिङदेखि नेपालको जडिबुटी उपयोगितासमेत बाधा पर्दा देशको अर्थतन्त्र खस्कदै गएको तर्फ केन्द्रित गर्दै उहाँले यी लक्षित कानुन बनाउन सके बिदेश जाने युवा रोकिने मात्रै नभएर बिदेश गएका युवासमेत फर्किने उहाँको धारणा राख्नुभयो ।

पुर्व कानुन मन्त्री समेत रहनु भएका गुरुङले नेपालीको भाग्य कानुनले खोसेको दाबी समेत गर्नुभयो । जडिबुटी,घरेलुु मदिरा,नोट बन्दी र गाजा सम्बन्धि कानुन बनाउन सके नेपाल र नेपालीको आर्थिक समृद्धिको यात्रा पुरा हुनेमा उहाँको जोड थियो ।