काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ८४ सालको निर्वाचनमा माओवादी पहिलो दल बन्ने दाबी गरेका छन् ।

मोरङको ग्रामथान गाउँपालिकामा शनिबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

गत मंसिर १५ मा भएको उपनिर्वाचनले जनतामा माओवादीप्रति उत्साह जागेको अबको निर्वाचनमा माओवादी पहिलो दल बन्ने यसमा कसैले रोक्न नसक्ने बताए ।

वर्तमान सरकार ‘चोरलाई चौतारो र साधुलाई सुली चढाउने’ अभियानमा लागेको समते आरोप लगाए । नेपाललाई लोडसेडिङमुक्त बनाएको नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङलाई अहिलेको सरकारले लखेटिरहेको बताए ।

उनले भने, ‘चोरलाई चौतारो साधुलाई सुली भनेको यहीँ हो ।’

घाटामा गएको प्राधिकरणलाई करिब ५० अर्ब हाराहारी नाफामा पुर्‍याएपछि दलालहरूलाई सह्य नभएको प्रचण्डको भनाइ थियो ।