काठमाडौं - इजरायली सरकार र हमासले गाजामा जारी द्वन्दलाई रोक्ने र बन्धकलाई चरणबद्ध रुपमा रिहा गर्ने सम्झौतामा सहमति जनाएका छन् ।

इजरायल र हमासले १५ महिनाको विनाशकारी युद्धपछि गाजामा युद्धविराम र बन्धक सम्झौतामा सहमति जनाएका हुन् । इजरायली सरकार र हमासको तर्फबाट तत्काल कुनै टिप्पणी आएको छैन तर हमासका एक अधिकारीले  समूहले अमेरिका, कतार र इजिप्टका मध्यस्थहरूको ड्राफ्टलाई अनुमोदन गरेको बताएका छन् ।

औपचारिक रूपमा घोषणा हुन बाँकी रहेको यस सम्झौता अन्तर्गत हमास र यसका सहयोगी लडाकू समूहले सन् २०२३ को अक्टोबर ७ मा भएको आक्रमणका क्रममा इजरायलबाट कब्जामा लिएका ३३ जना बन्धकलाई रिहा गर्ने अपेक्षा गरिएको छ ।यसको बदलामा इजरायलले सयौं प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ।

त्यसैगरी इजरायली सेनाको पूर्ण फिर्ता गर्ने र दिगो शान्ति कायम गर्ने र गाजाको पुनर्निर्माणलाई पनि जोड दिने अपेक्षा गरिएको छ ।

इजरायलको तेल अभिवमा गाजा युद्धविरामपछि  इजरायली बन्धकका समर्थकहरू

यो सम्झौताले गाजाका जनतालाई एक वर्षभन्दा बढी समयसम्म चलेको युद्धबाट राहत प्रदान गर्नेछ ।