काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशप्रति व्यङ्ग्य गरेका छन्।

उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको तस्बिरसहित स्टाटस लेख्दै व्यङ्ग्यात्मक बधाई दिएका छन्।

'उनले लेखेका छन् , ‘अब खोला मात्र हैन टुँडिखेल, खुल्ला मञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ,’ बधाई छ, सरकारमा रहेका कार्यकर्ताहरुलाई ।’ 

सार्वजनिक जग्गालाई संरक्षण गर्नुपर्छ भन्ने पक्षका बालेनलाई सरकारको यो निर्णय पटक्कै मन नपरेको उनको अभिब्यक्तिबाट प्रष्ट हुन्छ ।

सरकारले आफ्ना कार्यकर्ता सार्वजनिक जग्गा बाढ्ने गरी भूमिसम्बन्धी अध्यादेश ल्याएको भन्दै विपक्षी दलहरुले समेत बिरोध गरेका छन् ।