रामशरण पाण्डे

राणा सासन आफैमा निरंकुस थियो। उसमा धेरै अबगुनपनि थियो होला तर राष्ट्रियताको मामलामा उनीहरु सचेत थिय। नेपालको स्वतन्त्र अस्तित्व राख्ने कुरामा कहिँ कतै गलत सम्झ्यौता भएन जसले राष्ट्रियता निर्बल होस् राणाहरुले नेपाललाई स्वतन्त्र राख्न गरेका हरेक काम इन्डियालाई सह्य थियन।

त्यसैले नेपालमा राणा सासन ढाल्न नेपाली कांग्रेसको नाममा नेपाल बिरुद्ध ससस्त्र क्रान्तिको घोषणा गरियो त्यस्कर्य्का लागि इन्डियन पैसा र इन्डियन भुमि सहज प्राप्त भएको थियो। इन्डियन सेना इन्डियन पैसा इन्डियन बुद्धि लगाउदै २००७ सालको कथित क्रान्ति सम्पन्न भएको थियो। जसलाई आम नेपालीले नेपालको प्रजातान्त्रिक क्रान्ति भनि पुकार्ने गर्दछन। विभिन्न लेखक र पुस्तकमा त्यस्तै पढ्न पाइन्छ। नेपालमा साँचै प्रजातन्त्र आएको थियो भने त्यो व्यवस्थाले नेपालको हित हुन्थ्यो नेपाली जनताको भलाइ हुने थियो भने नेपालको बिकास किन भयन ? नेपाल एक स्वतन्त्र राष्ट्र थियो फेरी किन इन्डियन सेना हुलियो ?किन इन्डियन सेना द्वारा नेपालका विभिन्न स्थानमा नेपाली महिला बलात्कृत भय ? किन नेपालको पाठ्यक्रममा इन्डियन किताबको प्रयोग गरियो ? किन इन्डियन राष्ट्रिय गान बिद्यालयमा गाउँन थालियो ? किन नेपालमा बेरोकटोक इन्डियन पैसा चलन थाले ? त्यसैले कथित प्रजातन्त्रले नेपालको हित नभई नेपालको सासन ब्यबस्था इन्डिया अनुकुल र नेपालको स्वर्थ बिपरिद हुँदै गयो ।

परिणाम नेपाली क्याबिनेट बैठकमा इन्डियन राजदुतको अनिवार्य उपस्थिति देखि नेपालको राष्ट्रिय नीति आर्थिक नीति विदेश नीति कसलाई कुन मन्त्रि बनाउने कसलाई न्यायधिस बनाउने कुन देश संग कस्तो ब्यापार गर्ने जस्ता कुरा भारतीय निर्णयको आधारमा हुन् थाल्यो। त्यसैले त् २००७-२०१७ सालको समय करिब करिब नेपाल भारतकै कुनै एक प्रान्त समान थियो।

२००७ साल पछि जब २०१७ सालको परिबर्तन भयो त्यसको मूल प्रश्न राष्ट्रियता संगको सवाल ले नै नेपालको राजनैतिक परिबर्तन भएको थियो। नेपाललाई स्वतन्त्र पहिचान कायम गराउन चाहाना राख्ने राजा महेन्द्रको प्रयत्न को सधै भारतीय आँखाबाट हेर्दै त्यसै मान्यता बाट लेखियको विभिन्न किताब पढेर आम नेपालीले राजाको कार्यको बिरोध गरेका रहेछन जुन कुरा पछिल्ला घटना क्रमले प्रष्टौदै छ। त्यस पछिका दिनमा राजाको बिरोधमा मात्र होइन ,नेपालको बिरोधमा भारतीय सहयोगमा ससस्त्र बिद्रोह गरियो त्यो अमुक उदेश्यको निमित्त थियो। नेपाली कांग्रेस लगायत नेता बि.पी.को सम्पूर्ण खर्च भारतीय सरकारले ब्यहोर्थ्यो सोहि क्रममा जब बि.पी.कोइरालाको कोठा बाट २ गाडी इन्दिरा गान्धी र भारतीय सरकार बिरोधि पर्चा भेटियो [ भलै त्यो बि.पी.को चाहानामा राखियको थियन शुभास चन्द्र बोस जयप्रकास लगायतका दवाबमा राखियको थियो ] इन्दिराले बिस्वास गरेको बि.पी.कोइरालाको कोठा बाट जब इन्दिरा गान्धी र इन्डियन कांग्रेसको बिरुद्ध प्रचार गर्न राखियको तिनै पर्चा को असर बि.पी.लाई पर्यो। परिणाम इन्दिरा गान्धीले ,बि.पी.लाई जेल हाल्ने बुझेर बाध्य भएर बि.पी ले भारत छोड्नु पर्य। भारतीय जेलमा बस्नु भन्दा त नेपालको जेलमानै बस्ने राष्ट्रिय बिचार बि.पी.मा उत्पन्न भयो त्यस नबिन बाध्यताको बिचारका साथ् बि.पी. नेपाल फर्केका हुन्। त्यस पछिका समयमा भारतबाट सहयोग प्राप्त हुन् छाडेपछि कांग्रेस भारतीय सहयोग बिना बाँच्न नसक्ने भयो । 

त्यो जटिल समयमा बि.पी.ले.चलाखी गरे र भने ,नेपाल बचाउन राष्ट्रिय मेलमिलाब जरुरत छ भन्दै मेल मिलापको नीति बनाए र नेपाल फर्केका हुन्। यी कुराहरुलाई कांग्रेसीहरुले के बुझे ? त्यस पछिका दिनमा कांग्रेस नेता बि.पी.ले राजाको र मेरो घाँटी जोडियको छ समेत भन्न भ्याए । अरु कुरा नराम्रो भए कथामा जे सुकै लेखियता पनि सुवास चन्द्र बोस र जयप्रकास हरुला गल्तिका कारण बि.पी.र भारतीय सरकारको बिचमा अविस्वास उत्पन्न भयो त्यसैको परिणाम नेपाल बचेको हो। नेपाली कांग्रेसले नेपाल भारतमा बुझाउन खोज्दा खोज्दै सिकारीको उदेस्या हरिण मार्ने थियो बन्दुका ताकेको समयमा सिकारीलाई खोकी लाग्दा हरिण भागेर बचेको र ,नेपाल भारतीय उदेश्यबाट बचेको उस्तै उस्तै हो। यस्ता बिषयहरुमा वास्तविक इतिहासकारहरुले खोजि गर्लान नै सत्य तथ्य सहित सार्बजनी पनि होला। भन्न खोजेको के भने निरंकुस राणा सासनमा बाटो घाटो लगायत हजारौ अप्ठ्याराको बीच अन्या मुलुकहरुमा भन्दा पहिले बत्ति नेपालमा बल्न सक्ने अरु मुलुकमा संगै रेल नेपालमा गुड्न सक्ने यसियामै पहिलो सुरुङ्ग मार्ग बन्न सक्ने गाँउ गाँउमा आबस्यक अनुसार कपडा उद्योग चल्ने कृषिमा आत्म निर्भर मात्र होइन निर्यात गर्न नै सक्ने विभिन्न देशलाई आर्थिक सहयोग गर्न सक्ने । पंचायती ब्यबस्थामा उद्योग धन्दा चलन सक्ने विभिन्न समान निर्यात गर्न सक्ने।

अनि जनताको लागि भनियको प्रजातान्त्रिक ब्यबस्थामा चाँही भयको उधोग बन्ध हुने ,रोजगारको लागि प्राय युवा बिदेसिन पर्ने, सार्बजनिक सस्थांहरु घाटामा जाने,हुँदा हुँदा खाद्यान्न आयात नगरी खान नपाइने। के यो नै हो त् प्रजातन्त्र भनेको यस्तै हुन्छ त् ? त्यसैले अन्यत्र प्रजातन्त्र राम्रो होला त्याँहाको देश र जनताको हितमा होला। जनताको हित सोचियला तर नेपालको प्रजातन्त्र भन्नुस या गणतन्त्र यो नेपालको लागि नभई पश्चिमा र इन्डियन हितमा काम गर्ने संचालित नेतृत्वको कारण यो देशको यो अबस्था भएको हो। २००७ सालमा इन्डियन स्वर्थमा स्थापित सस्थाहरु र त्यसका नेतृत्वको निरन्तरतानै नेपालमा मौजुदा रहेकोले पनि यो नेपालको लागि रहेन। याँहा कांग्रेस सत्तामा पुग्छ नेपाल र नेपालीको भन्दा बिदेशीको चिन्ता गर्न थाल्छ।

के गर्दा इन्डिया खुसि हुन्छ त्यसै गर्न थाल्छ खोला नाला ब्यापार बुझाउन थाल्छ। कम्युनिष्ट सत्तमा पुग्छ त्यसै इन्डियालाई गालि गर्दै पुन खोला नाला प्राकृतिक स्रोत बुझाउन प्रतिस्पर्धा गर्न थाल्छन। पछिल्लो उदाहरण केपी ओली र तल्लो अरुण छदै छ। बर्तमान एमसीसी त् सदाबाहर हुने नै भय। याँहा कांग्रेस एमाले एमसीसी मार्फत नेपालको अस्तित्व बुझाउन तयार छदै छन्। तल्ला जिल्ला नेताहून वा गाउ स्तरको हेर्नुस त् नेतृत्वको ताबेदारिमा उफ़्रिएको। जसले नेपाललाई बन्धकी राख्न कम्बर कसेर लागेको छ त्यसैको देबत्वकारण गर्छन। त्यसैले पढेलेखेका युवायुबतिहरुले आफुलाई बदल्न सकेनन र साँचो कुराको खोजि गरेंनन भने निश्चय नै नेपालको भबिस्या अन्धकार नै छ।