काठमाडौं - नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले लोकतान्त्रिक गणतन्त्र र संघीयतालाई मजबुत बनाउन संविधान संशोधन हुनुपर्ने बताएका छन् ।

मधेस प्रदेशबाट नेपाल पत्रकार महासंघको निर्वाचनमा केन्द्र, प्रदेश तथा जिल्लामा निर्वाचित भएका पत्रकारहरूको सम्मानमा जनकपुरमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले संघीयतालाई थप मजबुत बनाउन प्रदेशमा निजामती कर्मचारी तथा प्रहरी चाँडो समायोजन हुनुपर्ने धारणा राख । ‘त्यसका लागि पनि संविधान संशोधन हुनुपर्छ,’ उनले भने ।

राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक र औद्योगिक उन्नयनमा जोड दिनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा कांग्रेसका सह-महामन्त्री महेन्द्र यादव, पूर्वमन्त्री रामकृष्ण यादव, मधेस प्रदेश सभा सदस्य रामसरोज यादवसहितका नेता-कार्यकर्ताहरूको सहभागिता थियो ।