काठमाडौं - नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले भ्रष्टाचार छानबिन गर्न पूर्व प्रधान्यायाधीशको नेतृत्वमा शक्तिशाली समिति गठन गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल पत्रकार महासङ्घ काठमाण्डौँ शाखाको पद हस्तान्तरण कार्यक्रममा नेता केसीले दल विशेषका शीर्ष नेताहरू नजिकका व्यक्तिको नेतृत्वमा नभई पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा छानबिन भएमात्र निष्पक्ष ढंगले न्याय दिन सक्ने बताएका हुन् ।
पूर्वमन्त्रीसमेत रहेका केसीले संसदमा उठेका, पक्ष, विपक्ष, प्रतिपक्षले उठाएका ठुला भ्रष्टाचारका काण्डहरूको छानबिन गर्नका लागि जनताले चिनेको, निष्पक्ष ढङ्गले न्याय दिनसक्ने पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा शक्तिशाली समिति गठनका लागि दलहरूले सहमति गर्नुपर्नेमा जोड दिएका हुन् ।


0 comment