प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमा सिङ्घेबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
पुस १३ गते निजी भ्रमणमा नेपाल आउनुभएका श्रीलङ्काका पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका विक्रमासिङ्घे आजै स्वदेश फर्किंदै हुनुहुन्छ।


0 comment