काठमाडौं — नेपाली कांग्रेस संसदीय दलले संसद्मा विचाराधीन विधेयकहरूलाई संसद्को आउँदो अधिवेशनमा पारित गर्ने गरी काम गर्न सांसदहरूलाई आग्रह गरेको छ ।
सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले ६ वटा समितिमा रहेका सांसदहरूलाई यस्तो आग्रह गरेको हो । समितिमा रहेका विधेयकहरूको अवस्था र ती विधेयकहरू पारित हुन नसक्नुका कारणबारे पार्टीका सांसदहरूसँग छलफल गरिएको सहमहामन्त्री जीवन परियारले बताएका छन ।
हामीलाई के विश्वास छ भने समितिमा जतिसक्दो छिटो यी विधेयकहरुलाई अन्तिम टुंगोमा पु¥याएर संसदको अगामी अधिवेशनमा यी पन्ध्र वटै विधेयकहरू पारित गर्नको लागि हामीले माननीय सदस्यहरूसँग आग्रह गरेका छौं ।

उहाँहरूले पनि तदारुकताका साथ विधेयकमाथि समितिमा छलफल गरेर अन्तिम टुंगोमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ,’ परियारले भने । उनले विचाराधीन विधेयकका सन्दर्भमा संघीय संसद्का अर्थ, शिक्षा, कानून, राज्य व्यवस्था, उद्योग र पूर्वाधार विकास समितिका सांसदहरूसँग छलफल गरेको बताए ।
 

समितिमा १५ वटा विधेयकहरु विचाराधीन अवस्थामा रहेको उल्लेख गर्दै संसदको हिउँदे अधिवेशन सुरु हुँदासम्म सबै विधेयक टुंगोमा पु¥याउन सांसदहरूलाई आग्रह गरिएको परियारले बताए ।
आज हामी संघीय संसदमा विचाराधीन विधेयकहरुको सन्दर्भमा के, कस्तो अवस्था छ । र ती विधेयकहरू समितिमा के कति कारणले पारित हुन सकेका छैनन् ? र आउँदो हिउँदे अधिवेशनमा समितिबाट समेत पारित गर्ने र हिउँदे अधिवेशनबाट विचाराधीन विधेयकहरूलाई अन्तिम टुंगोमा पु¥याउनका लागि नेपाली काँग्रेसले पार्टीका सांसदहरुसँग हामीले छलफल गरेका छौं,’ परियारले भने ।