काठमाडौं - नेकपा (एमाले) को सचिवालय बैठकले पूर्व उपाध्यक्ष. डा भीम रावललाई सङ्गठित सदस्यबाट नै हटाउने गर्ने निर्णय गरेको छ ।
यो निर्णयसँगै रावल एमालेको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा पर्नुभएको छ ।
बुधबार पार्टी कार्यालय च्यासलमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले नेता रावललाई पार्टीको सङ्गठित सदस्यबाट हटाउने गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
त्यसैगरी, पार्टी केन्द्रीय कार्यालयका सम्बन्धमा सार्वजनिक रुपमा टिप्पणी गर्नुभएका स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे र नेता उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको ज्ञवालीले बताउनुभयो ।
यस विषयमा पाण्डे र तिमल्सिनालाई स्पष्टीकरण सोधिएको भए पनि सार्वजनिक रुपमा बोलेको विषयमा रियलाइजेसन नगरेको निष्कर्ष बैठकले निकालेको उहाँको भनाइ छ।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठकपछि उपमहासचिव ज्ञवालीले बैठकले पुस २१ र २२ गते बस्ने बैठकका लागि एजेण्डा तय भएको जानकारी दिनुभयो।
केन्द्रीय कमिटी बैठकका लागि राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक कामको बारेमा जानकारी, विगतमा सचिवालय, स्थायी कमिटी, पोलिट्ब्युरो बैठकले गरेका निर्णयको अनुमोदन र समसामयिक प्रस्ताव सम्बन्धमा छलफल गर्ने एजेण्डा तय भएको छ।
बैठक पुस २१ र २२ गते काठमाण्डौँ, केन्द्रीय कार्यालयमा गर्ने निर्णय भएको छ। त्यो बैठकका लागि राजनीतिक परिवर्तन, सङ्गठनात्मक कामको बारेमा जानकारी, विगतमा सचिवालय, स्थायी कमिटी, पोलिटब्युरोले बैठकले गरेका निर्णयको अनुमोदन र समसामयिक प्रस्ताव गरेर चार वटा एजेण्डा तयार गरेको पनि उहाँले बताउनुभयो ।


0 comment