काठमाडौं - चीनले नेपाललाई करीब ९ अर्ब अनुदान सहयोग गर्ने  घोषणा गरेको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनपिङबीच आज भएको भेटमा  राष्ट्रपति सिले नेपाललाई सो अनुदान सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

सो भेटका अवसरमा  राष्ट्रपति सीले नेपालको विकास र समृद्धिमा चीनको बलियो साथ रहने प्रतिबद्धता जनाएको पनि बताईएको छ ।  

चीन भ्रमणमा रहनुभएका  प्रधानमन्त्री ओली आज  चिनियाँ राष्ट्रपति सी, चिनियाँ समकक्षी ली र राष्ट्रिय जनकंग्रेस एनपिसीका अध्यक्ष चाओ ल ची संग भेटवार्ता गर्नुभएको छ ।