काठमाडौ — राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा शनिबार साँझ भएको सो भेटवार्तामा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका छन । सो अवसरमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन । प्रधानमन्त्री ओलीसँग परराष्ट्र मन्त्री आरजÞु देउवा पनि सो भेटवार्तामा सहभागी भएकी थिइन । सो अवसरमा परराष्ट्र मन्त्री देउवाले आफूले गरेको चीन भ्रमणबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराएकी स्रोतले बतायो । मंसिर १७ गतेदेखि २० गतेसम्म हुने चीन भ्रमणका लागि प्रधानमन्त्री ओली सोही दिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । चिन भ्रमणमा ओलीले विआरआइ लगायतका विभिन्न कार्यक्रमहरुको सम्झौता हुने बताइएको छ ।
0 comment