जुनवेला भारतीय राजा रजौटाहरुको उन्मुलन गर्दै इष्ट इण्डिया कम्पनी अंग्रेजको औपनिवेषिक नेतृत्वमा क्रमस भारतको एकिकरण गर्दै थियो त्यहि वेलामा बाइसे र चौविसे राज्यहरुको उन्मुलन गर्दै विशाल नेपाल निर्माण गर्ने क्रममा गोरखाका राजा पृथ्वि नारायण लागि परेका थिए । यसै क्रममा सन १७६३ मा मकवानपुर माथि आक्रमण गर्दा वंगालका नवाव मीरकासिमको फौज मकवानपुरको रक्षार्थ गोरखाली सेनासंग भिड्न आएको थियो तर त्यस फौजको गोरखाली सेनाको अगाडि कुनै जोर चलेन । यिनीहरुलाई परास्त गरी गोरखाली फौजले यिनीहरुको हतियार लुट्न भ्यायो र मकवानपुर राज्य नेपालमा गाभियो । यो नेपालको एकिकरणको अभियान भएको पहिलो अन्तराष्ट्रिय युद्ध थियो । त्यसैगरी सन १७६७ मा जब नेपालले काठमाण्डौ आक्रमण गर्ने योजना वनाइ गोरखाली सेना सिम्धुलीगढीमा जम्मा भयो तव तत्कालिन काठमाण्डौका राजा जयप्रकाश मल्लले गोरखाली विरुध्द इष्ट इण्डिया कम्पनीसँग सैनिक सहयोगको याचना गरे तब कंपनीले क्याप्टेनको किनलकको नेतृत्वमा अंग्रेजको फौजले सिन्धुलीमा रहेका गोरखाली फौजमाथि आक्रमण गर्न पठायो तर विश्व विजेता मानिएको अंग्रेजीसेनाको गोरखाली सेना समक्ष केहि लागेन र पिठा फर्काउदै अंग्रेजी फौज पटना फर्किए । यस युद्धमा पनि गोरखाली सेना अंग्रेजको हतियार लुटन भ्याएको थियो । नेपालको एकिकरण क्रममा यो दोश्रो दक्षिण एसियाली उपमहाद्धिपिय लडाइ नेपालले जितेको थियो । यहि लडाइमा भएको उपलब्धिको कारण काठमाण्डौ भक्तपुर र पाटन कालान्तरमा गोर्खा साम्राज्यमा गाभियो ।
तत्पश्चात भएका स्थानीय शक्तिहरुसंगको लडाइमा गोरखाली सेनाहरुको निरन्तर जितको कारण सन १८०२ सम्म आइपुग्दा पूर्वमा टिष्टा र पश्चिममा कागडासम्म फैलिएको विशाल नेपालको निर्माण भइसकेको थियो । दक्षिण एसियामा यो औपनिवेषिक अंग्रजी शक्ति पछिको दोश्रो शक्तिको रुपमा स्थापित थियो ।
त्यसैगरी १८५५(५६ मा नेपालले तिब्बतसंग युद्ध गरी सिगात्से र मानसरोवर कैलाशसम्म आफ्नो आधिपत्य जमाएको थियो । सन् १८५६ मा नेपाल तिब्बत वीच भएको थापाथलीको सन्धी अनुसार नेपालले जितेको तिब्बती भूमी फिर्ता दिने र सोको वदलामा तिब्बतले नेपाललाई वार्षिक १० हजारको चादिका सिक्का बुझाउन थालेको थियो । यो पनि अर्को एक अन्तराष्ट्रिय युद्ध नेपालले जित्यो र नेपालको सैन्य शक्तिको बहादुरीमात्रै प्रमाणित भएन वल्की यस क्षेत्रकै शक्तिशाली देशको रुपमा नेपाल गनिन पुग्योे । यसे बीच सन् १८५७ भारतका स्थानीय शैनिकहरुले अग्रेजी शाशनको बिरुद्ध विद्रोह गरे । सैनिक विद्रोहको नामले चिनिने यस युद्धमा अग्रेजी शक्ति पराजित हुन्थ्यो भने ९० वर्ष अगाडिजै भारत स्वतन्त्र राष्ट्र भइसक्थ्यो होला तर अग्रेजले विद्रोह दवाउन आफैले नसकी नेपालसंग हारगुहार गर्नु परेको थियो । अंग्रेजले सहयोगको याचना गरे बमोजिम प्रधानमंत्री जंगबहादुरले आफनै नेतृत्वमा केहि रेजिमेन्ट सेना लिएर गइ सैनिक बिद्रोह दवाइदिई भारतमा अंग्रेजको शाशनको आयुलाई लम्ब्याइदिए । यस कार्यले नेपाली सेना दक्षिण एसियाकै अब्बल सेनाको रुपमा रह्यो ।
पछि पहिलो र दोश्रो विश्युद्ध नेपालले अग्रेजको पक्षमा लागेर लडी एलाइड पावरहरुलाई विश्व युद्ध जित्न सघायो र नेपाली सेनाले विश्वब्यापि रुपमा आफनो शक्तिलाई स्थापित गरि छाड्यो । तर अंग्रेजले भारत छोडेर जाने वित्तिकै नेपालले आफनो शक्तिलाई विशाल नेपाल पुनरप्राप्ति तर्फ परिचालित गर्न नसक्दा नेपाल कमजोर हुन पगी भारतको पिछलग्गु वन्नपुग्यो जस्ले नेपाललाई कहिल्यै उकासेन र नेपालको शाशनमा भारतीय हस्तक्षेपको कारण यसले समृध्दिको बाटो विरायो । इतिहासको गौरवगाथालाई जोगाउन अव नेपाली जनता आफै उठनु पर्ने वेला आएको छ अन्यथा देशै डुब्ने खतरा आइपरेको छ ।



1 comment
Dirgha Raj Prasai शनिबार, १६ मंसिर, २०८१
The article is very readable which is releted wuth historical events. Thanks!