काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ ।
बिहीबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यही मंसिर १७ गतेदेखि तय भएको प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको हो ।
प्रधानमन्त्रीको टोली ८७ सदस्यीय हुने भएको छ । ओलीसँग मन्त्रीसहित ३९ जना सरकारी अधिकारी जाने भएका छन् । त्यसैगरी निजी क्षेत्रका ४८ जना प्रतिनिधि पनि भ्रमण दलमा सहभागी हुने तय भएको छ ।
प्रधानमन्त्री ओलीले चार दिने औपचारिक भ्रमणका क्रममा मंसिर १८ गते राजधानी बेइजिङमा राष्ट्रपति सी चिनफिङले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
ओली चार दिने भ्रमण सकेर मंसिर २० गते स्वदेश फर्किने तालिका रहेको छ ।
0 comment