काठमाडौं - सर्वोच्च अदालतले कर फर्स्योट मुद्दामा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतबाट दोषी ठहर भएका चुडामणी शर्मा सहितको मुद्दामा विपक्षी झिकाउने आदेश दिएको छ ।

न्यायाधीशद्वय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले आज यस्तो आदेश गरेको हो ।

कात्तिक २० गतेदेखि निरन्तर पेसी तोकिने तर हेर्न नमिल्ने हुँदै आएको उक्त मुद्दा आज हेर्न मिल्ने इजलासमा पेसी परेको थियो ।

उक्त इजलासले अन्तिम सुनुवाइका लागि विपक्षीलाई जानकारी दिनुपर्ने देखिएको भन्दै विपक्षीलाई झिकाउने आदेश गरेको हो । 

शर्मा सहितका प्रतिवादीहरूले बन्दी र पुनरावलोकन दर्ता गराएका छन् भने नेपाल सरकारका तर्फबाट पनि पुनरावलोकन निवेदन दर्ता भएको छ । 

यो विवादमा यसअघि चार पटक फाइल मगाउने र विपक्षीलाई झिकाउने आदेश भएको छ ।