काठमाडौं — सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेले सहकारीलाई रकम फिर्ता थप प्रमाण प्रहरीले फेला पारेको जनाइएको छ । बयानका क्रममा रवि लामिछानेले बुटवलको सुप्रिम सहकारी संस्थालाई चेक काटेर रकम फिर्ता दिएको भेटिएको छ ।
लामिछानेको हस्ताक्षर सहित सुप्रिम सहकारीलाई दिएको चेक प्रहरीले फेला पारेको छ । गोर्खा मिडिया नेटवर्क प्रालिमा हुँदा लामिछानेले चेकमार्फत सहकारीलाई रकम फिर्ता गरेको अनुसन्धानका क्रममा भेटियो ।
जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीमा लिइएको बयानका क्रममा लामिछानेलाई सुप्रिम सहकारीलाई काटेर दिएको चेकबारे सोधपुछ भएको थियो ।
आफ्नै हस्ताक्षर सहितको चेकको प्रतिलिपि देखेपछि लामिछाने स्तब्ध बनेको अनुसन्धानमा संलग्न एक अधिकृतले जानकारी दिएका छन । बयानका क्रममा हामीले लामिछानेले हस्ताक्षर गरेर सुप्रिम सहकारीलाई भुक्तान गरेको चेक नै देखाएर सोधपुछ गरेका थियौं । आफ्नो हस्ताक्षर सहितको चेकको प्रतिलिपि देखेपछि उहाँ स्तब्ध हुनुभयो,’ अनुसन्धानमा संलग्न अधिकृतको भनाई थियो ।
चेकको प्रसंग आएपछि लामिछानेले बयानका लागि समय मागेका थिए । त्यसपछि दोस्रो दिन, कात्तिक २८ गते रातिसम्म बयान लम्बिएको पनि ती अधिकृतले बताए । आफ्नो हस्ताक्षरसहित सहकारीलाई दिएको चेकको प्रमाण प्रहरीसँग छ भनेर उहाँले कल्पना पनि गर्नुभएको थिएन होला । त्यसअघिसम्म निरन्तर बयान भइरहेको थियो, जब चेकको प्रतिलिपि देखाएर सोधपुछ सुरू भयो, उहाँले समय लगाउनुभयो। सोही कारण दोस्रो दिनको बयान रातिसम्म लम्बिएको थियो,’ उनले भने ।
चेकको प्रतिलिपि देखाएर सोधपुछ गरेपछि लामिछानेले गोर्खा मिडियामा प्रबन्ध निर्देशक रहेका बेला कहिलेकाहीँ हस्ताक्षर गरेर रित्तो चेक छाड्ने गरेको र कसैले नाम र रकम लेखेर पठाएको हुन सक्ने भन्दै बयान दिएको पनि ती अधिकृतले बताए । लामिछानेले त्यसो भने पनि उक्त चेक सहकारीको रकम हिनामिनामा उहाँको संलग्नता पुष्टि गर्ने महत्त्वपूर्ण प्रमाण हो,’ उनले बताए ।
सुप्रिम सहकारीबाट लामिछानेसहित गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्र बाबु (जिबी) राई, उपाध्यक्ष एवं नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल बन्जाडे जोशी लगायतको नामबाट झन्डै साढे १६ करोड रूपैयाँ गोर्खा मिडियामा लगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख भएको छ ।
त्यसमध्ये लामिछानेको नाममा दुई करोड र जोशीका नाममा साढे दुई करोड रूपैयाँ गएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । लामिछानेले सहकारीको रकम आफ्नो खातामा कसरी गयो आफूलाई थाहा नभएको र गोर्खा मिडियामा सहकारीको रकम लगिएकोबारे समेत आफूलाई जानकारी नभएको बयानका क्रममा दाबी गरिरहेका थिए ।
बुटवलको राजमार्ग चौराहमा मुख्य कार्यालय रहेको सुप्रिम सहकारीका १ हजार ८३१ बचतकर्ताले सहकारीका संस्थापक अध्यक्ष जिबी राई, वर्तमान अध्यक्ष ओमप्रकाश गुरूङ सहितका पदाधिकारी, सञ्चालक तथा कर्मचारीहरूले एक अर्ब रूपैयाँभन्दा बढी रकम अपचलन गरेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । सोही उजुरीपछि अनुसन्धान थालिएको थियो । अनुसन्धान प्रतिवेदन अनुसार सर्वसाधारणले सुप्रिम सहकारीमा जम्मा गरेको एक अर्ब ३१ करोड रूपैयाँमध्ये ८६ करोड १८ लाख रूपैयाँभन्दा बढी अपचलन भएको देलिामिछानेले गोर्खा मिडियामा रकम ल्याउने काम अध्यक्ष जिबी राईले गर्दै आएको र कहाँबाट रकम ल्याएका थिए, त्यसको जिम्मेवारी पनि उनैले लिनुपर्ने बताउने गरेका छन ।
0 comment