काठमाडौँ — स्थानीय तह उपनिर्वाचनका लागि राष्ट्रपति  रामचन्द्र पौडेलले सेना परिचालन गर्न स्वीकृति दिएका छन् । 
उपनिर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मन्त्रिपरिषद्को निर्णय बमोजिम आइतबार स्वीकृति प्रदान गर्नु भएको छ । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा  राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको उल्लेख छ । यही मंसिर १६ गते विभिन्न स्थानीय तहहरुमा उपनिर्वाचन हुन गइरहेको छ ।