काठमाडौ — प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायि दुर्गा प्रसाईलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

आइतबार न्यायाधीश डा.मनोजकुमार शर्माको इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै प्रसाईंलाई अदालत उपस्थित गराउन आदेश दिएको हो । 

इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ । 

प्रसाईंका छोरा निराजन प्रसाईंले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर शुक्रबार रिट दायर गरेका थिए । 

मंसिर ४ गते प्रसाईंलाई सीआईबी टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । दुर्गा प्रसाईले केपी शर्मा ओलीको कम्बोडियामा लगानी गरेको अपुष्ट भिडियो सामाजिक सञ्जालमा राखेपछि प्रहरीको फन्दामा परेका थिए ।