काठमाडौं - काठमाडौं महानगरपालिकाले काठमाण्डौंको दरबारमार्गमा एमालेले गरेको जागरण कार्यक्रम स्थलमा फोहोर गरेको भन्दै तोकिएको एक लाख जरिवानाको पत्र लिएर गएको महानगरको टोली पत्र नबुझाई फर्किएको छ ।
आज पार्टी कार्यालय च्यासल पुगेको महानगरको टोलीलाई आफूहरू आयोजक नभएको भन्दै एमालेले पत्र बुझ्न अस्वीकार गरेपछि टोली फर्किएको छ ।
सो जागरण कार्यक्रम काठमाण्डौं,ललितपुर र भक्तपुर जिल्ला कमिटिले गरेको भन्दै पत्र बुझ्न नमानेको बताईएको छ ।
दरबारमार्गमा गएको शुक्रबार जागरण सभामा महानगरले सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै जरिवाना पत्र लेखेको थियो । महानगरपालिकाले फोहरमैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ बमोजिम जरिवाना तोकिएको उल्लेख गरेको छ ।
0 comment