काठमाडौं - काठमाडौंका नदी तथा खोला किनारको मापदण्ड खारेज गर्न माग गर्दै र्याली निकालिएको छ ।
गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित सङ्घर्ष समिति तथा भूमि अधिकार संरक्षण सङ्घर्ष समितिले र्याली निकालेका हुन् ।
उनीहरूले सडक तथा खोला मापदण्ड खारेज गर’ लगायत नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन् ।
२०८० साल पुस ३ मा सर्वोच्च अदालतले नदी क्षेत्र संरक्षणका लागि बागमती, विष्णुमती लगायत उपत्यकाका ठूला नदी तथा खोलाहरुमा ४० मिटर जग्गा छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो ।
ललितपुरको कुपण्डोलस्थित बागमती नदी किनारबाट सुरु भएको र्याली माइतीघर मण्डला पुगेर समापन हुने छ ।
0 comment