काठमाडौं - आज नेप्से ३१. ३१ अङ्कले घटेर २६८०. ४४ को विन्दुमा पुगेर बन्द भएको छ।

सूचीकृत ३१४ कम्पनीको १ करोड ८४ लाख ७४ हजार २४ कित्ताको ८ अर्ब २५ करोडको सेयर कारोबार भएको छ। आज सबै क्षेत्रको उपसूचक राताम्मे भए ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 
 
आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्था र थ्रि स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । माहुली लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।