काठमाडौं - बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलनको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आज पनि रूपन्देहीमा बयान जारी छ ।

लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा हिजोदेखि लिखित बयान लिन सुरू गरिएको हो । 

लामिछानेलाई सरकारी वकिलको कार्यालय रूपन्देहीले अस्ति मङ्गलबार पहिलो दिन मौखिक र हिजोदेखि लिखित बयान लिएको थियो । 

बयान चलिरहँदा भैरहवा सरकारी वकिल कार्यालयको आसपासमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

रूपन्देही प्रहरीले केही प्रश्नहरू बाँकी रहेकाले आज बयान सकिएपछि लामिछानेलाई पोखरा पठाउने तयारी भएको जनाएको छ ।