काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले ‘खोरमा थुनिँदैमा बाघ स्याल नहुने’टिप्पणी गरेका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान दिएर बाहिरिने क्रममा समर्थकले बोलाएपछि प्रहरीसंगै रहेका उनले बार्दलीबाट हात उठाउँदै सो टिप्पणी गरेका हुन् ।
पोखराको सुर्यदर्शन सहकारीको वचत अपचलन गरेको आरोपमा कार्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको वचत अपचलन आरोपमा अनुसन्धान गर्न आज रुपन्देही लगिएको हो ।
आफ्ना सभापतिलाई रुपन्देही ल्याउन लागेपछि कार्यकर्ताहरुले आज भैरहवा विमास्थलदेखि नै प्रदर्शन समेत गरेको थियो ।
0 comment