काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिका र चीनका लागि राजदूत नियुक्त गर्नुभएको छ ।
चीनका लागि कृष्णप्रसाद ओली र अमेरिकाका लागि लोकदर्शन रेग्मीलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले ओली र रेग्मीलाई राजदूत नियुक्त गर्नुभएको हो ।
यसअघि नै ओली र रेग्मीको संसदीय सुनुवाइ भई अनुमोदन भएको थियो।
0 comment