काठमाडौं । 
रिपब्लिकन पार्टीबाट राष्ट्रपतिका उम्मेदवार रहेका डोनाल्ड ट्रम्पले आफू विजयी भएको घोषणा गरेका छन् । फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै उनले अमेरिकी राष्ट्रपतिमा आफूलाई विजयी भएको घोषणा गरेका हुन् । तर यसको औपचारिक घोषणा भने भइसकेको छैन । योसँगै उनले आफ्नी कान्छी श्रीमती मेलानिया ट्रम्पलाई पनि धन्यवाद दिएका छन् । ट्रम्पले मेलानियालाई अमेरिकाको प्रथम महिला पनि भनेका छन । यो देशको नम्बर एक बेस्ट सेलर पुस्तक हो । (मेलानिया) ले उत्कृष्ट काम गरेकी छिन् । मानिसहरूलाई मद्दत गर्न उनले निकै मेहनत गर्छिन् । ट्रम्पले मेलानियाले लेखेको पुस्तकको प्रशंसा पनि गरेका छन । 
यसैबिच ट्रम्पले आफ्ना छोराछोरीलाई पनि धन्यवाद दिएका छन् । कार्यकर्तालाई सम्बोधनका क्रममा मञ्चमा आफूसँगै उभिएका आफ्ना छोराछोरीको नाम लिएरै ट्रम्पले उनीहरूको प्रशंसा गरेका छन । ट्रम्पलाई विश्वका नेताहरुबाट बधाईको ओइरो लाग्न थालेको छ । विश्वले हेरेको अमेरिकी राष्ट्रपतिको निर्वाचनबाट विश्वको अर्थतन्त्रमा निकै प्रभाव पार्ने गर्दछ । त्यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  समेत ट्रम्पलाई वधाई दिएका छन । 

(न्युज एजेन्सी)