काठमाडौं - नेकपा एमालेले पार्टीका ३ जना नेताहरुलाई स्पष्टिकरण सोधेको छ।

पार्टी केन्द्रीय भवन दानमा स्विकार्ने निर्णय विपरीत बोल्ने नेताहरूलाई एमालेले स्पष्टीकरण सोधेको हो ।

 आज पत्र पठाउँदै ७ दिन म्याद दिएर तीन जना नेतालाई स्पष्टीकरण सोधिएको एमालेले जनाएको छ । 

एमालेले पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई स्पष्टिकरण सोधेको हो । 
हिजो बसेको एमाले सचिवालय बैठकले उनीहरु ३ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।