काठमाडौं - सभामुख देवराज घिमिरेले आगामी अधिवेशनमा सबै विधेयकहरु पेश गर्न समितिका सभापतिहरुालाई निर्देशन दिनुभएको छ ।

 दफावार छलफलका लागि  रहेका विधेयकका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकसँग छलफल सकिएपछि सभामुख घिमिरेले सो निर्देशन दिनुभएको हो ।

 संसदको आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले सभापतिहरुसँग छलफल गर्नुभएको हो।

अधिवेशन नभएको अवस्थामा सांसदहरु जिल्ला बाहिर हुने र समितिको कोरम पुर्‍याउनसमेत कठिन भएको गुनासो सभापतिहरूले सभामुखसँग गरेपछि सभामुखले आज बैठक बोलाउनु भएको हो ।

बैठकमा सत्तापक्ष एमालेका मुख्य सचेतक महेश बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही हुनुहुन्थ्यो । 

दफावार छलफलका लागि  राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति  र अर्थ समितिमा  विधेयकहरु छलफलका क्रममा रहेका छन ।