काठमाडौं - सभापति रवि लामिछानेको पक्राउ विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले काठमाडौंमा विरोध प्रदर्शन गर्यो ।

आज दिउँसो १ काठमाडौंमा माइतिघर मण्डलमा ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ भन्दै विरोध प्रर्दशन गरेको हो ।

यसैगरी आज बिहान ११ बजे पोखरा चिप्लेढुंगामा पनि विरोध प्रदर्शन गरेको थियो ।

विरोध प्रदर्शनमा रास्वपा नेता कार्यकर्ताहरु सहभागी थिए । सहकारी ठगी गरेको आरोपमा हिजो रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट लामिछानेलाई प्रहरीले पक्राउ गरेर पोखरा लगिएको छ ।