काठमाडौं - उत्तरी गाजास्थित जबालिया शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा परी कम्तीमा ३३ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित अधिकारीहरूले बताएका छन् ।
इजरायली सेनाले हमासका लडाकुहरूलाई पुनः संगठित हुनबाट रोक्न प्रयास गरिरहेको भन्दै हालैका हप्ताहरूमा घना बस्ती भएको शिविरलाई घेराबन्दी गर्दै आएको छ।
हमासका नेता याह्या सिनवारको यसै साता भएको मृत्युले युद्ध अन्त्य हुने आशा जगाएको भएपनि इरानका सर्वोच्च नेताले भने यो समूह 'जीवितै रहने' बताएका छन् ।
यसैबीच बेन्जामिन नेतन्याहुको कार्यालयले उत्तरी इजरायलको सिजरियामा रहेको इजरायली प्रधानमन्त्रीको घरतर्फ ड्रोन प्रक्षेपण गरिएको जनाएको छ।
लेबनानमा युद्ध जारी छ, जहाँ इजरायली सेनाले हिजबुल्लाहका करिब ६० लडाकूलाई मारेको र यसको क्षेत्रीय कमान्ड सेन्टर ध्वस्त पारेको बताएको छ।
हिजबुल्लाहले इजरायलको हाइफा शहर र त्यसको उत्तरमा रहेको क्षेत्रमा रकेट प्रहार गरेको जनाएको छ ।
0 comment