काठमाडौं । 
प्रतिनिधि सभा सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले रवि लामिछानेलाई पक्राउ गर्न सफल भएकामा कांग्रेस महामन्त्री गगन थापालाई धन्यवाद भनेका छन । 
रवि लामिछाने पक्राउपछि शनिबार पोखरामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै मनिष झाले कांग्रेस महामन्त्री थापालाई धन्यवाद दिएका हुन । रवि लामिछाने पक्राउको घटनाले गगन थापा पनि नांगिएको उनको भनाइ थियो ।
उनले भने ’कांग्रेसका महामन्त्रीलाई पनि धन्यवाद दिन चाहन्छु । गगन थापा तिमी पनि नांगियौ,’ झाले भने, ’किनकी यो देशका नयाँ पुस्ताले राजनीति गर्नुपर्छ भनेर २० वर्षदेखि राजनीति गर्दै आएको मान्छे एउटा नयाँ दल, केही पढेलेखेका मान्छे, केही नयाँ राजनीतिक अभ्यास गर्न चाहनेहरू आउँदै गर्दा यो षडयन्त्र रचिएको उनको भनाइ थियो । झाले रवि लामिछाने पक्राउ राजनीतिक प्रतिसोध र कुण्ठामात्रै रहेको समेत बताएका छन । सरकारको उद्धेश्य सहकारी समस्या समाधान गर्ने पनि नरहेको उनले बताएका छन । 
सहकारी समस्या समाधान गर्ने हो भने प्रतिवेदनले भनेको ४० वटा सहकारीको ८७ अर्बको कुरा हुनुपर्ने झाको  भनाइ छ । 
 ६५ करोड ५४ लाख गोर्खा मिडियामा ल्याएको छ । रबि दाइको कार्यकाललाई आधार मान्दा उहाँको कार्यकालमा उहाँको भागमा पर्ने जम्मा तीन करोड हो । हामी ८७ अर्बको कुरा गर भन्छौं । उनीहरू ३ करोडमा अड्किएका छन्,’ झाको भनाइ छ । 
 ’यिनीहरूको उद्धेश्य सहकारी समस्या समाधान गर्ने भएको भए ८७ अर्बको चर्चा गर्थे । यिनिहरू केबल रवि लामिछानेको मात्रै कुरा गर्छन । किनकी यो राजनीतिक प्रतिसोध हो कुण्ठा हो । कसैको राजनीतिक भविष्य सुरक्षित गर्ने मनोदशाले ग्रसित नेता केपी शर्मा ओलीको लागि भइरहेको कुण्ठा र प्रतिसोधको राजनीति भन्दा अरु केही होइन ।