काठमाडौं - संसदीय छानविन समितिका संयोजक तथा नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेपछि ’क्लिन चिट र सफाइ’ चलचित्र फ्लप भएको भन्दै व्यंग्यत्मक प्रतिक्रिया जनाएका छन ।
सहकारीको बचत रकम हिनामिनाको छानबिन गर्न सांसद थापा नेतृत्वमामा बनेको संसदीय विशेष समितिले रविमाथि कारबाहीको सिफारिस गरेको थियो ।
तर, प्रतिवेदनपछि रास्वपाका नेताहरू र स्वयम् सभापति रविले पनि क्लिन चिट पाएको भन्दै टिप्पणी गरिरहेका थिए । प्रतिक्रिया स्वरुप एमाले सांसद थापाले फेसबुकमा लेखेका छन्, ’क्लिन चिट र सफाइ चलचित्र केही दिनमै सर्वत्र फ्लप भए लगत्तै कलाविहीन नयाँ नाटक मञ्चन भइरहेछ–प्रतिशोध !’ त्यो पनि सुपर फ्लप हुने बाटोमा रहेको छ ।
सहकारी ठगी छानविन समितिको प्रतिवेदन कार्यान्वयनका क्रममा शुक्रवार रवि पक्राउ गरी कास्की प्रहरीले हिरासतमा राखेको छ ।
0 comment