काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा काठमाडौँ र पोखरामा प्रदर्शन गर्ने जनाएको छ ।
आज बिहान ११ बजे पोखराको मानवअधिकार चोकमा विरोध प्रदर्शन गर्ने भएको छ भने दिउँसो १ बजे काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्न लागिएको सो पार्टीले जनाएको छ ।
“राजनीतिक प्रतिशोध विरुद्ध ऐक्यबद्धता” भन्ने नाराका साथ रास्वपाले विरोध प्रदर्शन गर्न लागेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई आज बिहान करीब ३ बजे कास्की प्रहरीको जिम्मा लगाईसकेको छ ।
0 comment