काठमाडौं - आफूलाई पक्राउ गर्ने निश्चित प्राय: भएपछि रवि लामिछानेले सरकार विरुद्ध कडा आलोचना गरेका छना । 

सामाजिक सञ्जाल ट्वीटरमा लामिछानेले ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’  भनेर तिखो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्:

तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने ?

तपाई प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने ।

तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंधान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने ?

तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने ?