काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो ।

पक्राउ पुर्जी जारी भएसँगै अब लामिछानेलाई पक्रने तयारी कास्की प्रहरीले गरेको छ ।

आज दिनभर लामिछानेलाई पक्राउ गर्ने समाचार आइरहेका थिए । 

समाचार सार्वजनिक भएसँगै रास्वपाका कार्यकर्ताहरु पोखरा कार्यालयमा भेला भएका छन । 

यसअघि सहकारी छानवीन समितिले लामिछानेलाई सहकारीको रकम अपचलन प्रकरणमा दोषी ठहर गर्दै कारवाहीका लागि सिफारिस गरेको थियो ।

सूर्यदर्शन सहकारीको रकम अपचलन गरी गोरखा मिडियामा लगानी गरेको पुष्टि छानवीन समितिले गरेको थियो ।