काठमाडौं -  साफ महिला च्याम्पियनसिप-२०२४ फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा श्रीलङ्काले माल्दिभ्सलाई पराजित गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समूह बी अन्तर्गतको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गर्दै प्रतियोतिगामा सुखद सुरुआत गरेको हो ।

श्रीलङ्काको लागि इमिशा अनुराधिनीले गोल गरिन् । 

उनले खेलको १८औँ मिनेटमा गरेको एक गोल नै श्रीलङ्को लागि निर्णायक गोल सावित भयो । 

यो जितसँगै श्रीलङ्काले शीर्ष तीन अङ्क बटुलेको छ । 

सोही समूहमा रहेको नेपालले आज साँझ भुटानको सामना गर्दैछ ।