काठमाडौं - दशैँ अघिको बाढी र पहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गमा आजबाट संचालनमा आएको छ ।

 बाढी र पहिरोबाट राजमार्गको झण्डै १२ किलोमिटर सडक क्षतिग्रस्त भएपछि कतै एकतर्फी त कतै दुईतर्फी गरी सवारी संचालन शुरु गरिएको हो ।

 साना सवारी साधनलाई मात्रै अनुमति दिइएको यस राजमार्गमा आजदेखि भने साविकमा यातायात संचालनका लागि अनुमति पाएका सबै सवारी साधन संचालन गर्न खुल्ला गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

बाढी पहिरोका कारण बीपी राजमार्गको भकुण्डेबेसी-बर्षेखोला खण्डको करिब ८ किलोमिटरभन्दा बढी लम्बाईको सडक पूर्ण रुपमा बगाएकोले हाल नयाँ ट्रयाक निर्माण गरी सवारी साधनको लागि आवागमन खुलाइएको हो ।

 सडक डिभिजन कार्यालयले भने सडक खण्डमा सुख्खा पहिरो झर्ने सम्भावना रहेको भन्दै यात्रामा सतर्कता अपनाउन र रातिको समयमा यात्रा नगर्न अनुरोध गरेको छ।