काठमाडौं - पाल्पामा सवारी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

तानसेन- रानीमहल सडक खण्ड अन्तर्गत तानसेन १, नारायणडाँडामा गुल्मीदेखि पाल्पातर्फ आउँदै गरेको लु १ ज ४९६८ नम्बरको इभी गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा गुल्मीको मालिका गाउँपालिका- ५ का १५ वर्षीय थमन बहादुर कार्की, सोही ठाउँकी ३३ वर्षीया करिश्मा कार्की, २६ वर्षीया सिर्जना घिमिरे, ३० वर्षीय ज्ञानेन्द्र गिरी र ५६  वर्षीया निमा गिरी घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइते ५ जनामध्ये एक जनाको अवस्था मध्यम तथा अरु चारको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ  ।

घाइतेको  तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।

१३ जना सवार रहेको उक्त गाडी अनियन्त्रित भएर भित्तामा ठोक्किँएर दुर्घटना भएको प्रहरीले जनाएको छ।