काठमाडौं - उत्तरी इजरायलको एक सैन्य अखडालाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा परी चार सैनिकको मृत्यु भएको छ । आक्रमणमा  ५८ जना घाइते भएको इजरायली रक्षा बल आइडीएफले जनाएको छ ।

हाइफाबाट करिब ३३ किलोमिटर दक्षिणमा रहेको बिन्यामिना शहरसँग जोडिएको बेसमा भएको आक्रमणमा परी ७ जना सैनिक गम्भीर घाइते भएको आइडीएफले जनाएको छ ।

हिजबुल्लाहले तेल अभिव र हाइफाको बीचमा रहेको आईडीएफको गोलानी ब्रिगेडको प्रशिक्षण शिविरलाई लक्षित गरी गरिएको आक्रमणको जिम्मेवारी लिएको छ ।

दक्षिणी लेबनान र बेरुतमा बिहीबार इजरायली आक्रमणको प्रतिक्रियास्वरूप उक्त आक्रमण गरिएको सशस्त्र समूहको सञ्चार कार्यालयले जनाएको छ ।