काठमाडौं - बिहीबार इजरायली ट्यांकले लेबनानको दक्षिणी भागमा रहेको संयुक्त राष्ट्रसंघको शिविरमा गोली चलाउँदा दुई जना शान्ति सैनिक घाइते भएका थिए । इजरायलले गोली चलाएको समाचारले आफू स्तब्ध भएको बेलायती सरकारले जनाएको छ ।

यसअघि पनि भएको अर्को विस्फोटमा परी थप दुई जना शान्ति सैनिक घाइते भएका थिए भने आइडीएफले यो कसरी भयो भन्ने बारे अनुसन्धान भइरहेको बताएको छ ।

यसैबीच  बिहीबार मध्य बेरुतमा इजरायली हवाई आक्रमणपछि उद्धारकर्मीहरूले भग्नावशेषको खोजी गरिरहेका छन् ।

लेबनानका प्रधानमन्त्रीले कुनै चेतावनी बिना गरिएको आक्रमणमा मारिएका २२ जना सबै सर्वसाधारण भएको बताएका छन् । अन्य ११७ जना घाइते भएका छन् । इजरायलले भने कुनै टिप्पणी गरेको छैन ।

आइडीएफले लेबनानबाट उत्तरी इजरायलतर्फ आधा घण्टाको अन्तरालमा करिब १ सय वटा रकेट फेला परेको बताएको छ ।