काठमाडौं - सेन्ट्रल एसिएन भलिबल एसोसिएन काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले दोस्रो जित हासिल गरेको छ।

प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो ।  श्रीलंकाको कोलम्बो जारी प्रतियोगितामा हिजो भएको खेलमा नेपालले माल्दिभ्समाथि ३-० को साझो सेटमा जित हात पार्यो ।

नेपाल‌ले पहिलो सेट २५-५, दोस्रो सेट २५-१२ र तेस्रो सेट २५-२० ले विजयी भएको हो ।

पहिलो खेलमा नेपालले घरेलु टोली‌ श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । तर, दोस्रो खेलमा भने उज्वेकिस्तानसँग ३-१ ले पराजित भएको थियो ।

असोज २६ गतेसम्म कोलम्बोमा हुने प्रतियोगितामा नेपालले चौथो खेलमा असोज २४ मा किर्गिस्तानसँग खेल्नेछ । नेपालले पाँचौ खेलमा असोज २५ मा तुर्किमेनिस्तानसँग खेल्नेछ ।

प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ ।